प्रमुख प्रतिपक्षी कांग्रेसको अवरोधबीच संसद्मा सरकारी कर्मचारीलाई पेन्सन नदिने विधेयक प्रस्तुत



काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका बीच सरकारी कर्मचारीलाई पेन्सन नदिने विधेयक पेश भएको छ ।

अर्थसमितिका सभापति कृष्ण दाहालले निवृत्तभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसोधन सहित प्रतिनिधिसभाको बैठकमा पेश गरेका थिए ।
अर्थसमितिले सर्वसम्मत रुपमा विधेयक पारित गरेको थियो ।

विधेयकले साउन १ देखि नियुक्त हुने सरकारी कर्मचारीलाई पेन्सन नदिने र योगदानमा आधारित भएर पेन्सन दिने व्यवस्था गरिएको छ ।


क्लिकमान्डु