निर्मलालाई न्याय सरकारले दिने हो, सडकमा निस्कने भिडले होइनः प्रम ओली
काठमाडौ । प्रधानमन्त्री के.पी ओलीले निर्मला पन्तलाई न्याय सडकमा आन्दोलनका नाममा निस्कने भिडले नभई सरकारले दिने बताएका छन ।
संसदलाइ आज सम्बोधन गर्ने क्रममा आज प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन । साथै उनले सरकार न्याय दिनका लागि विभिन्न न्यायिक आयोग गठन गरी न्याय दिन तयार रहेको बताएका हुन । उनले जनताको सुरक्षा र न्यायका लागि सरकारले कुनै कसुर बाँकि नराख्ने बताएका छन ।
कञ्चनपुरकी १३ वर्षिय बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको महिनौ वित्दा पनि अपराधि पत्ता लाग्न सकेको छैन ।