छिमेक लघुवित्तका सेयरधनीलाई झड्का, रद्द भयो ४० प्रतिशत लाभांश



काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुलाई ठूलो झड्का लागेको छ । कम्पनीले घोषणा गरेको ४० प्रतिशत लाभांशको लोभमा सेयर किन्नेहरुलाई ठूलो झड्का लागेको हो ।

छिमेकको सञ्चालक समितिले प्रस्ताब गरेको १८ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद लाभांशलाई नेपाल राष्ट्र बैंकले अस्वीकृत गरेको छ । नियामक राष्ट्र बैंकले पुस १९ गते एक पत्र पठाउँदै दुवै लाभांश अस्वीकृत गरेकोहो ।

राष्ट्र बैंकलेअस्वीकृति गरेसँगै सञ्चालक समितिले घोषणा गरेको उक्त लाभांश रद्द भएको छ ।

कम्पनीले ४० प्रतिशत लाभांश घोषणा गरेपछि सेयर किन्न ओइरिएका लगानीकर्ताहरु अहिले हिस्स परेका छन् ।


पुष्प दुलाल