सरकारी जागिर खानेलाई फाइदा, २०७६ सालमा १३ दिन सार्वजनिक बिदा थपिने



काठमाडौं । सरकारले आगामी वर्ष विभिन्न समुदायको पर्वमा थप १३ दिन सार्वजनिक बिदा दिने प्रस्ताव गरेको छ ।

२०७५ सालमा बिदा काटिएको उभौली,माघी,ल्योसार,छठ र जनैपूर्णिमामा सार्वजनिक बिदा दिने प्रस्ताव छ ।

यस्तै महिला कर्मचारीलाई ऋषी पंचमीको दिनमा सार्वजनिक दिने प्रस्ताव छ । मुस्लिम समुदायले मनाउने इदुल फितर,बकर इद र मोहम्मद जयन्ती र क्रिशियन समुदायले मनाउने क्रिशमस डेमा पनि बिदा दिन सिफारिस गरिएको छ ।

गृहमन्त्री रामबहादुर थापा,सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई र संस्कृति तथा पर्यटनमन्त्री समितिले बिदा दिने प्रस्ताव गरेको हो । 


क्लिकमान्डु