प्रभु इन्स्योरेन्स र चिरायु हस्पिटलबिच नगद रहित सम्झौता

28
Shares

काठमाडौ । प्रभु इन्स्योरेन्स लिमिटेड र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युटबिच नगद रहितसेवा सम्बन्धि सम्झौता भएको छ ।

सम्झौता पत्रमा प्रभु इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृतसन्चित बज्राचार्यले तथा चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युटको तर्फबाट हस्पिटल डाइरेक्टर सन्जिव राजभण्डारीले हस्ताक्षर गरेका छन ।

सम्झौता अनुसार प्रभु इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा गराउने ग्राहकहरुले चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युट प्रा.लि.मा भर्ना भई औषधोपचार गराउँदा साथमा नगद नभए पनि बीमालेखको सिमासम्म नगद रहित सुविधा प्राप्त गर्न सक्नेछन् ।

Skip This