घलेम्दीको जलविद्युतको १५ करोड ३३ लाखको आइपिओ बिक्री खुल्ला
काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा आयोजन स्थल रहेको घलेम्दी खोला जलविद्युत् आयोजनाको प्रवद्र्धक घलेम्दी खोला हाइड्रो पावर कम्पनीले आजदेखि गतेदेखि साधारण शेयर (आइपिओ) बिक्री सुरु गरेको छ ।
कम्पनीले १५ करोड ३३ लाख बराबरको १५ लाख ३३ हजार ७ सय ७० कित्ता साधारण शेयर (आइपिओ) बिक्री गर्न लागेको हो । सो कम्पनीको शेयर बिक्री प्रबन्धकमा भिबोर क्यापिटल रहेको छ ।
यही पुस १९ गतेदेखि बिक्री सुरु हुने आइपिओ छिटोमा पुस २३ र ढिलोमा माघ १८ गतेसम्म बिक्री गरिनेछ । कम्पनीको आइपिओमा न्यूनतम ५० कित्ता र अधिकतम १० हजार कित्ता सम्म आवेदन दिन सकिनेछ ।
घलेम्दी हाइड्रो प्रालिले म्याग्दीमा ५ मेगावाट क्षमताको आयोजना सञ्चालन गरिरहेको छ । धितोपत्र बिक्रीका लागि नेपाल धितोपत्र बोर्डले सो आयोजनालाई स्वीकृति दिएको छ । आयोजनाले केही समय पहिले आयोजना प्रभावित म्यादीवासीका लागि साधारण शेयर बिक्री गरेको थियो ।
कम्पनीले गत असार २२ गतेदेखि साउन २२ गतेसम्म आयोजना प्रभावित क्षेत्रका लागि पाँच लाख ५० हजार कित्ता साधारण शेयर बिक्री गरेको थियो ।
स्थानीय आयोजना प्रभावितलाई बिक्री गर्दा बाँकी रहेको आयोजनाले सर्वसाधारणलाई साधारण शेयर बिक्री गर्न लागेको हो । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा भिवोर क्यापिटल लिमिटेड छ ।