वाणिज्य बैंकले भारतीय मुद्रामा ऋण लिन सक्ने



काठमाडौं । वाणिज्य बैंकले भारतीय मुद्रामा ऋण लिन सक्ने भएका छन् । राष्ट्र बैंकले निर्देशिका जारी गरेर भारतीय मुद्रामा समेत ऋण ल्याएर यहा कर्जा दिन पाउने व्यवस्था गरेको हो ।

यसअघि राष्ट्र बैंकले परिपत्र्य विदेशी मुद्रामा मात्र बैंकले ऋण ल्याउन पाउने व्यवस्था गरेको थियो ।

यसरी ल्याएको ऋण राष्ट्र बैंकले तोकेको उत्पादन मुलक क्षेत्रमा मात्र कर्जा दिन पाइने व्यवस्था रहेको छ ।

यसरी बैंकहरुले विदेशबाट परिपत्र्य भएपनि भारतीय मुद्रामा भएपनि प्राथमिक पुँजीको ५० प्रतिशत मात्र ऋण ल्याउन पाइने छ ।

चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत लगानी भित्राउनको लागि भारतीय मुद्रामा पनि ऋण लिन सकिने व्यवस्था राखिएको थियो ।


क्लिकमान्डु