५ अर्ब १२ करोड लागतमा मध्य त्रिशूली गङ्गा जलविद्युत् आयोजना बन्ने




काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा निर्माणाधीन ‘मध्य त्रिशूली गङ्गा जलविद्युत् आयोजना’सँग विद्युत् खरीद बिक्री सम्झौता (पीपीए) गरेको छ ।

पर्पेmक्ट इनर्जी डेभलपमेन्ट प्रालि प्रवद्र्धक रहेको १९.४१ मेगावाट क्षमताको आयोजना मार्फत उत्पादित विद्युत् खरीदका लागि कम्पनी र नेपाल विद्युत् प्राधिकरणबीच सम्झौतासम्पन्न भएको हो ।

दुई पक्षबीच भएको सम्झौता अनुसार आयोजनाबाट सुक्खायाममा (मङ्सिर १६ देखि जेठ १५ सम्म) उत्पादन हुने विद्युत् ८ रुपैयाँ ४० पैसा र वर्षायाममा (जेठ १६ देखि मङ्सिर १५ सम्म) उत्पादन हुने विद्युत् ४ रुपैयाँ ४० पैसामा खरीद गर्ने आयोजनाको प्रवद्र्धक पर्पेmक्ट इनर्जी डेभलप्मेन्टले जनाएको छ ।

सम्झौतापत्रमा नेपाल विद्युत् प्राधिकरणका तर्पmबाट योजना, अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक जगदिश्वरमान सिंह र विद्युत् व्यापार विभागका प्रमुख प्रवल अधिकारी तथा प्रवद्र्धक कम्पनीका तर्पmबाट कम्पनीका प्रबन्ध सञ्चालक भरतकुमार खड्का र आवसीय इञ्जिनीयर देवेन्द्र बस्नेतले हस्ताक्षर गरेका छन् ।

प्रवद्र्धक कम्पनीका आवासीय इञ्जिनीयर बस्नेतका अनुसार दुई पक्षबीच गत मङ्गलबार पिपिए पत्रमा हस्ताक्षर भएको र बाँकी रहेको ‘अफिसियल’ प्रक्रिया आइतबार पूरा भएको हो ।

सम्झौता अनुसार आयोजनाले विसं २०८० जेठ १७ सम्ममा निर्माण कार्य सम्पन्न गरी प्राधिकरणलाई विद्युत् उपलब्ध गराउनुपर्ने उल्लेख छ । आयोजना क्यू सेभेन्टी मोडेलमा रहने छ । नुवाकोटको किस्पाङ गाउँपालिका–५ मनकामनामा बाँध बाधेर विदुर नगरपालिका–७ तुप्चे (बेत्रावती)मा विद्युत् उत्पादन गृह रहने आयोजना पूरा गर्न ५ अर्ब १२ करोड रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ ।

आयोजनाका तर्फबाट प्रवद्र्धक कम्पनीको ३० प्रतिशत लगानी रहने छ भने बाँकी लगानीको लागि वित्तीय व्यवस्थापनको प्रक्रियामा रहेको छ ।


क्लिकमान्डु