विकास बैंकले पनि मुद्दती निषेपमा ९.७५ प्रतिशतभन्दा बढी ब्याजदर नदिने भद्र सहमति



काठमाडौं । वाणिज्य बैंकहरुले निक्षेपमा भद्र सहमति गरेको अर्को दिन विकास बैंकले पनि भद्र सहमति गरेका छन् ।

विकास बैंकहरुको संस्था डेभलपमेन्ट बैकर्स एशोसियनले व्यक्तिगत तर्फ मुद्दती निक्षेपमा ९.७५ प्रतिशत ब्याजदर दिने भद्र सहमति गरेका छन् ।

विकास बैंकहरुले साढे १२ प्रतिशतसम्म ब्याजदर दिदै आएका थिए । वाणिज्य बैंकहरुले १३ प्रतिशतसम्म ब्याजदर पुर्याएपनि विकास बैंकहरु भने ब्याजदरको युद्दमा लागेका थिइनन् ।

विकास बैंकले संस्थागत मुद्दतीमा ९ प्रतिशत र बचतमा ७ प्रतिशत ब्याजदर दिने भद्र सहमति गरेका छन् ।

वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ९.२५,संस्थागतलाई साढे ८ प्रतिशत र बचतमा साढे ६ प्रतिशत ब्याजदर दिने भद्र सहमति गरेका थिए । सो अनुसारको ब्याजदर परिवर्तन भएको सूचना वाणिज्य बैंकले दिएका छन् । विकास बैंकले आइतबार यसको सूचना जारी गर्ने छन् ।


क्लिकमान्डु