युनिभर्सल पावरले पुस १५ देखि आइपीओ निष्काशन गर्ने



काठमाण्डौ । युनिभर्सल पावर कम्पनीले पुस १५ गतेदेखि एक सय रुपैयाँ अंकित दरको २१ लाख ३५० कित्ता साधारण शेयर(आइपीओ) निष्काशन गर्ने भएको छ ।

आयोजना प्रभावित क्षेत्र दोलखा जिल्लाको गौरिशंकर, कालिञ्चोक, र विगु गाउँपालिकाका स्थानीयहरुका लागि मात्र आइपीओ निष्काशन गर्न लागिएको हो ।

कम्पनीले आईपिओ निष्काशनका लागि सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको जनाएको छ ।

स्थानीयहरुले हिमालयन बैंक गौरिशंकर शाखा, सिद्धार्थ बैंक, एनआईसी एशिया, महालक्ष्मी विकास बैंक र सिन्धु विकास बैंकको चरिकोट शाखा कार्यालय तथा सिन्धु विकास बैंकको मुडे र सिंगटी शाखा कार्यालयबाटपनि आइपिओमा आवेदन गर्न सक्ने जनाइएको छ ।

न्यूनतम ५० कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन गर्न सकिने कम्पनीले जनाएको छ । पुस २९ गतेसम्म आइपीओ भर्न सकिने कम्पनीले सूचना प्रकाशित गरी जनाएको छ ।


क्लिकमान्डु