काठमाडौं र ललितपुरमा मोनोरेल चलाउन चिनियाँ कम्पनीसँग डिपिआर सम्झौता, चारवर्षभित्र रेल कुदाउने लक्ष्य



काठमाडौं । काठमाडौं र ललितपुर महानगरमा मोनोरेल संचालन गर्नको लागि चिनियाँ कम्पनीसँग सम्झौता भएको छ ।

काठमाडौं र ललितपुर महानगरले चिनियाँ कम्पनी चाइना रेल्वे ब्युरो कम्पनीसँग विस्तुत परियोजना सम्झौता(डिपिआर)को लागि सम्झौता गरेको हो ।

काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य र ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले सयुक्त रुपमा चिनिया कम्पनीका प्रमुख ज्यु ग्वाङबिङसँग हस्ताक्षर गरे ।

चिनियाँ कम्पनीले एकवर्षभित्रमा डिपिआर प्रतिवेदन दिने छ । काठमाडौं र ललितपुर महानगरको चक्रपथभित्र मोनोरेल संचालनको लागि डिपिआर गर्ने सम्झौता भएको हो ।

डिपिआर तयार पार्ने जिम्मा पाएको चिनियाँ कम्पनीले चक्रपथमा मोनोरेल निर्माण गर्न सकिने सुझाव सहितको प्रतिवेदन दिएको हो ।

एक खर्ब १६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको मोनोरेल बनाउनको लागि ३ वर्षको समय लाग्ने छ । डिपिआरको लागि भने काठमाडौं र लतिलपुर महानगरको कुनैपनि रकम नलाग्ने बताइएको छ ।


क्लिकमान्डु