कतारको दोहा बैंकले नेपालमा खोल्यो सम्पर्क कार्यालय, शाखा नै खोल्ने लक्ष्य



काठमाडौं । कतारको दोहा बैंकले नेपालमा प्रतिनिधि कार्यालय खोलेको छ ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले सम्पर्क कार्यालयको उद्घाटन गरे ।

बैदेशिक रोजगारीमा नेपालीहरु ठूलो संख्यामा कतारमा कार्यरत रहेका छन् । यसले कतारबाट नेपालमा रेमिटेन्स ल्याउनको लागि थप सहज हुने छ ।

प्रतिनिधि कार्यालयको उद्घाटन गर्दै राष्ट्र बैंकका डेपुटी गभर्नर शिवाकोटीले कतारी बैंकको सम्पर्क कार्यालयले नेपाल र कतारबीच बैकिङ तथा लगानी बढाउनको लागि सहयोगी हुने जानकारी दिए ।

दोहा बैंकले सम्भाव्यता अध्ययन गरेर नेपालमा शाखा नै खोल्न सक्ने संकेत दिएको छ । विश्व व्यापार संगठनको प्रावधान अनुसार विदेशी बैंकले नेपालमा शाखा खोल्न सक्छन् ।

तर,यसको लागि पुँजी भने राष्ट्र बैंकले तोके बमोजिम हुनुपर्ने हुन्छ् । २०१० देखि शाखा खुल्ला भएपनि अहिले शाखा भने खुलेको छैन । विदेशका केही बैंकका नेपालमा सम्पर्क कार्यालय भने रहेका छन् ।


क्लिकमान्डु