गण्डकी विकास बैंकको १४ प्रतिशत नगद लाभांश स्वीकृत



काठमाण्डौ । गण्डकी विकास बैंकको सञ्चालक समितिबाट निर्णय भई नेपाल राष्ट्र बैंकमा स्वीकृतीका लागि पेश भएको आव २०७४\०७५ नाफाबाट चुक्ता पूँजीको १४.२० प्रतिशत प्रस्तावित नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ ।

उक्त नगद लाभांश बैंकको आगामी बार्षिक साधारणसभाबाट पारित भएपछि बितरण हुनेछ । बैंकले आफ्नो स्थापनाकालदेखि नै शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्दै आएको छ ।

बैंकले आव २०७५\७६ को प्रथम त्रैमासमा संचालन नाफा १५ करोड ३० लाख आर्जन गर्न सफल भएको थियो । सोही अवधीसम्म निक्षेप २३ अर्ब ७२ करोड र कर्जा तर्फ २१ अर्ब २४ करोड पुर्याएको छ ।


क्लिकमान्डु