टेलिकमको लाभांशले समेत जोगिएन नेप्से परिसूचक,ठूला बैंकले ब्याजदर बढाउदा नेप्सेमा पहिरो



काठमाडौं । सेयर बजारमा बजार पुँजीकरणको आधारले सबैभन्दा ठूलो कम्पनी नेपाल टेलिकम । नेपाल टेलिकमले नगद लाभांश दिन्छ यो विषय सेयरमा लगानी गर्नेलाई अवगत छ ।

टेलिकमले मंगलबार ५५ प्रतिशतको नगद लाभांश घोषणा गर्यो । जसको कारण टेलिकमको सेयर मूल्य प्रतिसेयर ९ रुपैयाँको दरले बढ्यो । टेलिकमको सेयर मूल्यले धेरैजसो अवस्थामा नेप्से परिसूचकलाई ठूलो प्रभाव पारेको छ ।

ठूला बैंकनै निक्षेप तान्नको लागि ब्याजदर बढाउने प्रतिस्पर्धामा उत्रेपछि नेप्से परिसूचकमा एकखाले पहिरो नै गएको छ । मंगलबार नेप्से परिसूचक १४.६१ अंकले घटेको छ ।

परिसूचक १४.६१ अंकले घटेपनि सेयर बजारमा मंगलबार ५२ करोड २३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । उत्पादन र अन्य समुह बाहेक सबै समुहको परिसूचक ओरालो लागेको छ । मुख्य रुपमा टेलिकमले मंगलबारको परिसूचकलाई थप घट्नबाट भने जोगाएको छ ।

सेयर बजारको सुधारको माग राख्दै लगानीकर्ता दवाव समुहको नामबाट दुईजना लगानीकर्ता आमरण अनशनमा बसेका छन् । आमरण अनशन बस्ने पहिलो दिन सोमबार भने परिसूचक उकालो लागेको थियो ।


क्लिकमान्डु