पुस २४ गते अपि पावरको वार्षिक सभा, ५ % बोनस शेयर वितरण गर्ने
काठमाण्डौ । अपि पावर कम्पनी आर्थिक वर्ष २०७४\०७५ को नाफाबाट ५ प्रतिशत बोनश शेयर वितरण गर्ने भएको छ । कम्पनीले बोनस शेयर वितरण गर्नका लागि वार्षिक पुस २४ गते १५ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।
पुस २४ गते मंगलबार बिहान १० बजे कार्की ब्याक्वेट बबरमहलमा १५ औं वार्षिक साधारण सभा हुने कम्पनीले जनाएको छ ।
सो साधारण सभाले बोनस पारित गर्नुका साथै सञ्चालक समितिको संरचना परिवर्तन तथा निर्वाचन सम्बन्धमा पनि छलफल गर्ने जनाइएको छ ।
यसैगरी साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १५ देखि २४ गतेसम्म बुक क्लोज गर्ने र पुस १४ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको साधारण सभामा भाग लिन र लाभांश पाउने बताइएको छ ।