प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत स्याउ जोनका लागि आवेदन नै परेन, १५ दिनको म्याद थप



काठमाण्डौ । परम्परागत कृषि प्रणलीमा सुधार गरी कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउने उद्देश्यले स्वरुप प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना शुरु भयो । कृषि उपजको उत्पादनका लागि आवश्यक प्रविधि र उत्पादन सामाग्रीको व्यवस्था, प्रशोधन तथा बजारीकरणको लागि आवश्यक पूर्वाधारको व्यवस्था गर्ने जस्ता महत्वपुर्ण कुरा यस परियोजनामा समेटिएको छ ।

तर यो परियोजना धेरै जसो स्थानीय तहमा प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । जसको एउटा उदाहरण हो मुस्ताङ ।

गत मङसिर १७ गते मुस्ताङको जोमसोमस्थित परियोजना कार्यान्वयन इकाइले स्याउ जोन बृद्धिका लागि हुने विभिन्न कार्यक्रममा सहभागि हुनका निम्ति सुचिकृत हुन सूचना प्रकाशित गर्यो ।

स्याउ जोन विस्तारका लागि आह्वान गरिएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनामा शून्य आबेदन परेपछि मुस्ताङको जोमसोम स्थित प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले पुनः सूचना प्रकाशन गरेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाइ स्याउ जोन मुस्ताङले चालु आर्थिक वर्ष २०७५\७६ देखि मुस्ताङ जिल्लाका विभिन्न गाउँपालिकाहरुलाई स्याउ जोन बनाउन लागेको हो । यसरी स्याउ जोन बनाउनका लागि उक्त कार्यालयले विभिन्न कार्यक्रम तय गरेको छ ।

उक्त कार्यक्रममा सुचिकृत हुन सूचना गरिएकोमा कसैकोपनि आबेदन नपरेपछि पुन १५ दिनको म्याद थप गरि सुचिकृत हुन सुचना प्रकाशन गरेको हो ।


क्लिकमान्डु