ग्लोबल आइएमइ बैंकले अधिकृत पुँजी १६ अर्ब पुर्याउने, १६ प्रतिशत बोनस सेयर




काठमाडौं । ग्लोबल आइएमइ बैंकले अधिकृत पुँजी १० अर्ब रुपैयाँबाट बढाएर १६ अर्ब रुपैयाँ पुर्याउने भएको छ । बैंकले आगामी पुस २७ गते गर्ने बार्षिक साधारणसभामा यस्तो प्रस्ताव गर्ने भएको हो ।

बैंकले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पनि साधारणसभामा लाने भएको छ ।

बैंकले आगामी दिन पनि मर्जर र एक्विजिसनलाई निरन्तरता दिने भएको भएको छ । मर्जर वा एक्विजिनस गर्नुपर्ने अबस्था आएमा त्यस्तो कार्यको लागि संचालक समितिलाई अख्तियार दिने प्रस्ताव पनि बैंकले साधारणसभा पेश गर्ने भएको छ ।


क्लिकमान्डु