नेपाल टेलिकमले ५५ प्रतिशत नगद लाभांश बितरण गर्ने



काठमाण्डौ । नेपाल दूरसञ्चार कम्पनी(नेपाल टेलिकम)ले आर्थिक वर्ष २०७४\०७५ को नाफाबाट कम्पनीका शेयरधनीहरुलाई प्रतिशेयर ५५ रुपैयाँ (५५ प्रतिशत) नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

यही पुस २ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । नेपाल सरकारबाट स्वीकृति प्राप्त भएपछि कम्पनीको ११ औं साधारण सभाबाट पारित गराई नगद लाभांश वितरण गरिने नेपाल टेलिकमले जनाएको छ ।

 


क्लिकमान्डु