लगानीकर्ता आमरण अनशन बसेको दिन नेप्से परिसूचक १५.१७ अंकले बढ्यो



काठमाडौं । सेयर बजार सुधारको माग राखेर लगानीकर्ताको एउटा समुहबाट आमरण अनशन सुरु गरेको दिन नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक १५.१७ अंकले उकालो लागेको छ ।

लगानीकर्ताको दवाव समुहले सोमबारदेखि आमरण अनशन बसेको छ । समुहले सेयर कारोबार समेत ठप्प गराउने बताएपनि सोमबार ४२ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

लगानीकर्ताको दवाव समुहले सेयर कारोबार नगर्न अपिल जारी गर्दै सेयर कारोबार भएमा जेपनि हुन सक्ने धम्कीयुक्त विज्ञप्ती जारी गरेको थियो ।

सोमबारदेखि नेप्से परिसरमा लगानीकर्ता दवाव समुहबाट हरि ढकाल र तिलक कोइराला आमरण अनशन बसेका छन् ।

सोमबार सेयर बजारमा १५९ कम्पनीको सेयर किनबेच भएको छ ।

सरकारले सेयर बजार सुधारको लागि गठन गरेको कार्यदलले मार्जिन लेन्डिङलाई नयाँ प्रोडक्टको रुपमा विकास गर्दै ६५ प्रतिशतसम्म यस्तो ऋण सुविधा दिन सकिने प्रस्ताव गरेको छ ।

कार्यदलले बुधवार प्रतिवेदन पेश गर्ने बताइएको छ ।

सोमबार ट्रेडिङ बाहेक सबै समुहको परिसूचक उकालो लागेको छ ।  कारोबार रकमको आधारमा छिमेक लघुवित्त संस्था अगाडि रहेको छ ।

यस्तै मिर्मिरे लघुवित्तका लगानीकर्ता सबैभन्दा बढी कमाउने सूचिमा रहेका छन् । कालिका पावरका लगानीकर्ता सबैभन्दा बढी गुमाउनेमा रहेका छन् ।


क्लिकमान्डु