इटालीबाट ८ करोडका १ लाख स्याउका बिरुवा ल्याउन ४ नेपाली कम्पनीले चासो देखाए



काठमाडौं । सरकारले इटालीबाट ल्याउने भनेको उत्पादन बढी दिने १ लाख स्याउ विरुवाका लागि ४ कम्पनीले आवेदन दिएका छन् । अन्तर्राष्ट्रिय स्तरमै बिडिङ भएको उक्त बोलपत्रमा नेपाली कम्पनीहरुले मात्र टेण्डर भरेका छन् ।

अन्तर्राष्ट्रिय स्तरमै टेण्डर आह्वान गर्दा स्याउका बिरुवा अझ सस्तो पर्न जाने भन्दै सरकारले अन्तर्राष्ट्रिय स्तरमा टेण्डर आह्वान ्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका वरिष्ठ कृषि अधिकृत परशुराम रावतले बताए ।

अन्तर्राष्ट्रिय स्तरको सो टेण्डरमा नेपाल थोका क्षेत्री, एग्रो मनाङ, ल्याबलाइन ट्रेडर्स र लाइफलाईन नामक कम्पनीले टेण्डर भरेका छन् । ती मध्ये कसले टेण्डर पाउने भन्ने तय भइसकेको छैन । इभ्यालुएशन भइरहेको वरिष्ठ केषि अधिकृत रावतले जानकारी दिए ।

उनका अनुसार विदेशी कम्पनीहरुले बजेट थोरै भएको र नेपालको भौगोलिक अवस्था राम्रो नभएको भन्दै टेण्डर भर्न चासो देखाएनन् ।

‘विदेशी कम्पनीहरुले टेन्डर लिन नचाहेका हैनन्, उनीहरुले यहाँ आएर हिमाली भूगोलको अध्ययन गरेका थिए, ढुवानी तथा थोरै बजेटका कारण उनीहरुपछि सरेका हुन्,’ रावतले भने ।

विदेशी कम्पनीले ४० फिटको कन्टेनर हिमालय क्षेत्रमा जान नसक्ने भएपछि ढुवानीमा समस्या देखाउँदै टेण्डरमा भर्न रुची नदेखाएका हुन् ।

यो टेन्डर असोज २६ गते देखि मंसिर १० गतेसम्म खुल्ला गरिएको थियो । उक्त टेण्डर ४५ दिनका लागि खुल्ला गरिएको उनले जानकारी दिए ।

सरकारले चालु आर्थिक वर्षको पुस महिनामा ८ करोड ४६ लाख रुपैयाँ बराबरको उत्पादन धेरै दिने स्याउका विरुवा ल्याउन तयारी गरेको हो ।

१ लाख बिरुवाका लागि साढे ९ लाख विरुवाको आवेदन परेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जानकारी दिएको छ ।

उक्त विरुवा एउटैको १५÷१६ सय रुपैयाँ पर्न रावतले जानकारी दिए । स्याउ उत्पादन हुने सबै जिल्लामा स्याउको विरुवा वितरण गर्न सम्भव नभएकाले पहिलो पटकमा ७ जिल्लामा स्याउको बिरुवा वितरण गर्न लागिएको उनले जानकारी दिए ।

यो कार्यक्रम सफल भए अर्को पटक ६० करोडको बिरुवा नेपाल ल्याइने योजना रहेको छ ।

उक्त विरुवालाई राम्रोसँग हुर्काउन सकिए ४० वर्षसम्म एउटै विरुवाले उत्पादन दिन सक्ने विज्ञहरुको भनाई रहेको छ ।


क्लिकमान्डु