सन् २०१८ मा सर्वाधिक विदेशी पर्यटक भित्राएका १० शहर




काठमाडौ । घुम्नु धेरैजसो मानिसको सौखको विषय हो । विकसित देशहरुको सन्दर्भमा कुरा गर्ने हो भने  कामबाट केहि समयलाई फुर्सद मिल्ने वित्तिकै  उनीहरू नयाँ ठाउँ घुम्ने योजना बनाइहाल्छन ।

नेपालमा पनि पछिल्लो समय साथीभाइ, घरपरिवार कुनै ठाउँमा घुम्न जाने र रमाइलो गर्ने क्रम निकै बढेको छ । एकै ठाउँ बस्दा, निरन्तर काममा दौडधुप गरिरहँदा शरीरमा स्ट्रेस कम गर्न घुम्नु स्वास्थ्यका लागि पनि निकै लाभदायक मानिन्छ । यी विविध कुराहरुलाई ध्यानमा राख्दै मानिस नयाँ र रमणीय ठाउँहरु घुम्न चाहान्छ ।

पछिल्लो समय त विभिन्न संघसंंस्थाले विभिन्न कार्यक्रम आयोजना गरी आफ्ना कर्मचारीलाई विदेश घुम्न लाने चलन नेपालमा पनि विकास भइसकेको छ । कतिपय नाम चलेका स्कुलले समेत शैक्षिक यात्रा भन्दै विदेश घुम्न लगेका धेरै उदाहरण छन र यो बढदो क्रममा छ । विभिन्न कार्यक्रम, फिल्म, सियिरल, गितहरुको सुटिङसमेत विदेशमा हुने क्रम अत्याधिक बढ्दो छ । यी सबै कामको उदेश्य हो काम पनि गर्ने र नयाँ ठाउँ घुम्ने ।

विश्वमा रहेका देशहरुविच कसले कति पर्यटक भित्राउने भन्ने आन्तरिक युद्ध नै चलेको छ । पर्यटनलाई आर्थिक विकासको मेरुदण्ड नै मानिन्छ । त्यसैले पर्यटकलाई आकर्षण गर्नका लागि विभिन्न आकर्षक होटल, ठाउँ, उपाभोग्य बस्तु, सम्झनाका लागि किनिने बस्तुहरु बनाउने क्रम जारी छ ।

नेपालभित्र घुम्नु पर्यो भने धेरै मन लोभ्याउने ठाउँहरु छन । तर विदेश घुम्नु प¥यो भने, कुन देशको कुन ठाउँ घुम्ने त ? कुन देशको कुन ठाउँहरु सबैभन्दा धेरै घुमिएका ठाउँ हुन त ? यो एक चासोको विषय हो ।

मास्टरकार्डले भर्खर मात्र ग्लोबल डेस्टीनेसन सिटी इन्डेक्स सार्वजनिक गरेको छ । संसारका १ सय ६२ शहरहरुमध्ये सबैभन्दा धेरै विदेशी पर्यटक पुगेका दश शहरको नाम यसमा समाबेश गरिएको छ ।

सन २०१८ सालमा कुन देशको कुन शहरमा कति विदेशी पर्यटक पुगे त । हेर्नुहोस तस्विर र पर्यटक संख्या ।

१.बैंकक, थाइल्याण्ड – २ करोड १९ लाख ८० हजार विदेशी पर्यटक


२. लण्डन, बेलायत – २ करोड ४ लाख २० हजार विदेशी पर्यटक


३. पेरिस , फ्रान्स – १ करोड ७९ लाख ५० हजार विदेशी पर्यटक

 

४ . दुबई, युएइ – १ करोड ६६ लाख ६० हजार विशेशी पर्यटक


५. सिङगापुर – १ करोड ४४ लाख ७० हजार विदेशी पर्यटक


६. न्यु योर्क, अमेरिका – १ करोड ३६ लाख ७० हजार विदेशी पर्यटक


७. क्यालालम्पुर मलेसिया – १ करोड ३५ लाख ३० हजार विदेशी पर्यटक


८. इस्तानबुल, टर्कि – १ करोड २८ लाख विदेशी पर्यटक


९.टोकियो जापान – १ करोड २१ लाख २० हजार विदेशी पर्यटक


१०. अन्टाल्य, टर्कि – १ करोड १२ लाख ७० हजार विदेशी पर्यटक


पुष्प दुलाल