ज्योति विकास बैंकका ग्राहकलाई स्टार हस्पिटलमा विशेष छुट



काठमाण्डौ । ज्योति विकास बैंक लि. र स्टार हस्पिटल, सानेपा हाइट, ललितपुरबीच सम्झौता भएको छ ।

बैंकले सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई त्यस अस्पतालका स्वास्थ्य सम्बन्धि विभिन्न सेवा तथा सुविधाहरुमा विशेष छुटको लागि सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।

सो सम्झौतामा यस बैंकका तर्फबाट बैंकका नायव महाप्रबन्धक शुुसीलकुमार शर्मा र अस्पतालका तर्फबाट सिओओ डा. सन्देश जिसिले हस्ताक्षर गरे ।

बैंकका ग्राहकहरुले बैंकको एटीएम कार्य देखाई र बैंकका कर्मचारीहरुले बैंकको परिचय पत्र देखाइ यो सुविधाको लाभ लिन सक्नेछन् ।


क्लिकमान्डु