अनशन बसेका लगानीकर्ताले सेयर कारोबार ठप्प बनाउने घोषणा



काठमाडौं । सेयर बजारको सुधारको माग राख्दै नेपाल स्टक एक्सचेन्ज(नेप्से) अगाडि रिले अनशनमा बसेका सेयर लगानीकर्ताले सेयर कारोबार ठप्प बनाउने आन्दोलन गर्ने भनेका छन् ।

सेयर लगानीकर्ता दवाव समुहले आन्दोलनलाई परिवर्तन गर्दै सेयर कारोबारलाई ठप्प बनाउने निर्णय गरेका हुन् ।

समुहले विज्ञप्ती जारी गर्दै स्वतफूर्त रुपमा सेयर कारोबार ठप्प बनाउन र त्यो नभएमा जे पनि हुन सक्ने धम्की दिएको छ । सेयर बजारको विषयमा अध्ययन गर्न सरकारले राष्ट्र बैंकले डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा टोली गठन गरेको छ ।


क्लिकमान्डु