हिमालयन बैंकका ग्राहकलाई चिरायू अस्पतालमा १५ % छुट



काठमाण्डौ । हिमालयन बैंक लिमिटेड र चिरायू अस्पताल बसुन्धारा, काठमाडौंबीच उक्त अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरुमा छुट दिने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौता अनुसार चिरायू अस्पतालले हिमालयन बैंकद्धारा जारी भएका विभिन्न ब्राण्डका डेबिट, क्रेडिट तथा प्रिपेड कार्डधारी ग्राहकहरुलाई अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरुमा १५% सम्म छुट प्रदान गर्ने छ ।

उक्त सम्झौता पत्रमा हिमालयन बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणा र चिरायू अस्पतालका तर्फबाट संचालक चण्डेश्वरानन्द राज वैद्यले हस्ताक्षर गरेका छन् ।


क्लिकमान्डु