३ कम्पनीको शेयर मूल्य समायोजन, कुन कम्पनीको कति पुग्यो ?



काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जमा आज तीन कम्पनीको शेयर मूल्य समायोजन भएको छ । स्टकका अनुसार विजय लघुवित्त, किसान माइक्रोफाइनान्स र नेपाल ल्युब आयलको शेयर मूल्य समायोजन गरिएको हो ।

विजय लघुवित्तको प्रतिकित्ता ६३१ कामय हुने गरी मूल्य समायोजन गरिएको हो । सो लघुवित्तको आधार मूल्य प्रतिकित्ता ६९२ रहेको छ ।

किसान माइक्रोफाइनान्सको प्रतिकित्ता ९६३ रहने गरी शेयरमूल्य समायोजन भएको छ । सो कम्पनीको औसत आधारमूल्य एक हजार २४१ रहेको छ ।

त्यस्तै नेपाल ल्युब आयलको पनि प्रतिकित्ता १९३ हुने गरी मूल्य समायोजन गरिएको छ । कम्पनीको औसत आधारमूल्य १७३ कायम भएको स्टकले जनाएको छ ।


क्लिकमान्डु