नेपाल एसबीआई बैंकको लाभांश घोषणा, ५ % शेयर र १० % नगद लाभांश दिने



काठमाडौँ । नेपाल एसबीआई बैंक लिमिटेडले करिब १६ प्रतिशत लाभांश दिने भएको छ । बैंकले आर्थिक वर्ष २०७४\७५ मा गरेको मुनाफाबाट पाँच प्रतिशत शेयर लाभांश र दश दशमलव ७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंक सञ्चालक समितिको शनिबार बसेको बैठकले उक्त लाभांश प्रस्ताव गरी आज नेपाल स्टक एक्सचेञ्जलाई जानकारी गराएको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंक र बैंकको साधारण सभाले स्वीकृति दिएपछि शेयरधनीलाई वितरण गरिनेछ ।


क्लिकमान्डु