अर्थमन्त्रालयका राजस्व सचिव ढुंगाना प्रधानमन्त्री कार्यालयमा सरुवा,नयाँ राजस्व सचिव लालशंकर घिमिरे



काठमाडौं । सरकारले अर्थमन्त्रालयको राजस्व सचिव परिवर्तन गरेको छ ।
अर्थमन्त्रालयको राजस्व सचिव शिशिर ढुंगानालाई सरुवा गरेर प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा लगिएको छ ।

यस्तै प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा कार्यरत लालशंकर घिमिरे राजस्व सचिवको रुपमा अर्थमन्त्रालय भित्रिएका छन् । ढुंगाना सचिव बनेपछि नै अर्थमन्त्रालयको राजस्व सचिव थिए ।

राजस्व सचिव बनेर आएका घिमिरे अर्थमन्त्रालयको बैदेशिक सहायता महाशाखा प्रमुखमा लामो समय काम गरेका थिए । तत्कालिन अर्थमन्त्री वर्षमान पुनसँगको विवादपछि घिमिरे अर्थमन्त्रालयबाट बाहिरिएका थिए ।

अर्थमन्त्रालयमा दुई सचिव हुने अहिले व्यवस्था छ । अर्थसचिवको रुपमा राजन खनाल कार्यरत रहेका छन् ।


क्लिकमान्डु