गोरखाको पालुङटारमा पोखरा फाइनान्सको शाखा



काठमाण्डौ । पोखराको न्यृ्रोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले गोरखाको पालुङटार नपा ५, ठाँँटीपोखरीमा नयाँ शाखासञ्चालनमा ल्याएको छ ।

राष्ट्रियस्तरको यस वित्तीय संस्थाले शाखा सञ्जाल एवं ग्राहकसेवा विस्तार गर्ने उद्देश्यले सो शाखा सञ्चालनमा ल्याएको हो । वित्तीय संस्थाका अध्यक्ष भुवनसिं गुरुङ तथा पालुङटार नगरपालिकाका नगर उप–प्रमुख पम्फा बसेलले संयुक्त रुपमा उद्घाटन गरे ।

उक्त कार्यक्रममा गोरखा उद्योग वाणिज्य संघ, पालुङटार इकाईका उपाध्यक्ष आशिष देवकोटा तथा बजार व्यवस्थापन समितिका अध्यक्ष तेजु गिरी, समाजसेवी विमल ढकालले वित्तीय संस्थाका कार्यकारी प्रमुख रवि चन्द्र गुरुङ एवं अध्यक्ष भुवनसिं गुरुङल बोेलेका थिए ।

चुक्ता पुँजी ८५.७२ करोड रहेको यस वित्तीय संस्थाले उक्त पालुङटार शाखा मार्फत् निक्षेप एवं कर्जा, मोबाइल बैंकिङ तथा सि–आश्वा लगायतका सेवा दिईने जानकारी कार्यकारी प्रमुख रविचन्द्र गुरुङले जानकारी दिए ।


क्लिकमान्डु