१० वर्षमा फलफूलमा आत्मनिर्भर बन्ने सरकारको यस्तो छ योजना




काठमाडौं । सरकारले अबको १० वर्षमा फलफूलमा आत्म निर्भर बन्ने योजना बनाएको छ ।

कृषि तथा पशुपन्छी मन्त्रालयले फलफूल दशक अभियान कार्यक्रमलाई निरन्तरता दिंदै अबको समयमा १० वर्षभित्र फलफूलमा आत्म निर्भर भई निर्यात प्रबद्र्धन गर्ने योजना बनाएको हो ।

यो योजना २०७३\७४ सालदेखि सञ्चालनमा आएको हो । सो योजना २०८२÷८३ सालसम्मका लागि रहेकाले यसलाई फलफूल दशकका रुपमा निरन्तरता दिंदै देशलाई विकासतर्फ लैजाने कार्य योजना रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा स्याउ, सुन्तला, आँप र केराको आयात उच्च रहेको भन्दै फलफूलमा आत्म निर्भर बन्ने र १० वर्ष भित्र फलफूल व्यवसायलाई अभियानकै रुपमा व्यापक विस्तार गरी स्याउ, आँप, लिची, केरा, सुन्तला, कागती, ज्यामिर आदि फलफूलहरुमा देशलाई आत्मनिर्भर बनाइने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले बताए ।

सरकारले मुख्य फलफूलहरुको गुणस्तरीय विरुवा उतपादन गरी क्षेत्रफल विस्तार र वगैचा सुदृढिकरणका माध्यमबाट उत्पादन वृद्धि गर्ने योजना बनाएको उनले जानकारी दिए ।

राष्ट्रिय फलफूल विकास केन्द्रका वरिष्ठ बागवानी विकास अधिकारी राजेन्द्र कोइरालाका अनुसार भूगोल अनुसार कस्तो फलफूल उत्पादन योग्य ठाउँ पहिचान गरी त्यहाका मानिसहरुलाई फलफूल व्यवसायिक फलफूल उत्पादनमा सक्रिय गराइने छ ।

उक्त योजना अन्तर्गत गुणस्तरीय फलफूल विरुवा उत्पादन कार्यक्रम, फलफूल पकेट क्षेत्र विस्तार कार्यक्रम, सम्भावना बोकेका फलफूल वालीको जात आयात गरिने छ । साथै, फलफूल मुल्य श्रृङ्खला कार्यक्रम, वागवानी पर्यटन प्रवद्र्धन कार्यक्रम, प्रविधि हस्तान्तरण कार्यक्रम र अनुसन्धानात्मक कार्यक्रम यस योजना अन्तर्गत राखिएको छ ।

नेपालमा प्रत्येक वर्ष १ अर्ब ९२ करोड ३६ लाख रुपैयाँ बराबरको स्याउ, ५५ करोड २ लाख रुपैयाँ बराबरको सुन्तला, २२ करोड ८ लाख रुपैयाँ बराबरको आँप र १ करोड २६ लाख रुपैयाँ बराबरको केरा आयात हुने गरेको छ ।


क्लिकमान्डु