सेञ्चुरी बैंकको थपियो ३ वटा शाखा रहित बैकिङ्ग सेवा



काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ३ स्थानमा शाखारहित बैकिङ्ग सेवा सुचारु गरेको छ । बैंकले कालिन्चोक-५ दोलखा, सुरी-३ दोलखा र इलाम नगरपालिका वडा नं.-९, भञ्ज्याङ्गबाट शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो ।

काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्सटेन्सन काउन्टरहरु, उपत्यका बाहिर ९५ शाखाहरु, २ वटा एक्सटेन्सन काउन्टरहरु र १२ वटा शाखारहित बैंकिङ्ग सेवा गरी१२७ स्थानबाट कारोबार सञ्चालन गरिरहेको बैंकले जनाएको छ ।


क्लिकमान्डु