कञ्चनपुरको महेन्द्रनगरमा गण्डकी विकास बैंकको नयाँ शाखा




काठमाण्डौ । गण्डकी विकास बैंकले कञ्चनपुरको महेन्द्रनगरमा नयाँ शाखा उद्घाटन गरेको छ ।

प्रदेश नंं ७ का आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहोराले शाखाको एक समारोहका बीच उद्घाटन गरे । उक्त कार्यक्रमलाई सम्वोधन गर्दै गण्डकी विकास बैंकले यस क्षेत्रका निम्न वर्गीय जनतालाई लक्षित गरी सेवा सुविधा प्रदान गर्दै साना साना बचतकर्ता सम्म पुग्न सकोस् भन्ने शुभकामना दिए ।

बैंकका सञ्चालक कृष्णबहादुर थापा क्षेत्रीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा बेदकोट नगरपालिकाका मेयर अशोककुमार चन्द, उद्योग वाणिज्य संघ कञ्चनपुरका बरिष्ठ उपाध्यक्ष जितजंग मल्लले शुभकामना मन्तव्य राखे ।

उक्त कार्यक्रममा बैंकले प्रदान गर्ने सेवा सुविधा एवं बैंकको गतिविधिका बारेमा बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले जानकारी गराएका थिए ।


क्लिकमान्डु