माछापुछ्रे बैंकले पेन्सन पट्टा धितो राखी पूर्व प्रहरीलाई कर्जा उपलब्ध गराउने



काठमाण्डौ । नेपाल पूर्व प्रहरी संगठन र माछापुच्छ्रे बैंक लिमिटेडबीच सरल कर्जा उपलब्ध गराउने सम्बन्धि संझौतामा हस्ताक्षर भएको छ ।

नेपाल पूर्व प्रहरी संगठनको धापासी स्थित सभा हलमा भएको उक्त संझौतामा नेपाल पूर्व प्रहरी संगठनका केन्द्रीय अध्यक्ष बसन्तराज कुँवर तथा माछापुच्छ्रे बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईरालाले हस्ताक्षर गरी संझौता पत्र आदान प्रदान गरेका थिए ।

प्रतिनिधि सभा सदस्य नवराज सिलवाल प्रमुख अतिथि रहेको कार्यक्रममा संगठन र बैंकबीच पूर्व प्रहरीहरुलाई पेन्सन पट्टा धितो राखी कर्जा उपलब्ध गराउने सम्बन्धि महत्वपूर्ण संझौता भएको हो ।

पूर्व प्रहरी संगठनका केन्द्रीय अध्यक्ष कुँवर तथा माछापुच्छ्र्रे बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत कोईरालाले उक्त कार्यक्रममा बोल्दै यस्ता कार्यक्रमबाट आर्थिक सम्मुन्नत लगायत आपसी सद्भाव र भाईचाराको समेत विकाश हुने कुरा समेत बताए ।

साथै संगठनको साधारण सभामा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य सिलवालले यस्ता कार्यक्रमबाट सानो भन्दा सानो तहको पूर्व प्रहरी कर्मचारीहरुलाई प्रोत्साहित गरी आर्थिक सम्मुन्नत बनाउने विचार व्यक्त गरे ।

बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्सटेन्सन काउन्टरहरु लगायत ३९ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा १२६ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । देशभर १०७ वटा एटीएमहरु सञ्चालनमा रहेको बैंकले जनाएको छ ।


क्लिकमान्डु