ज्योति विकास बैंकका ग्राहकलाई ओम अस्पतालमा विशेष छुट



काठमाण्डौ । ज्योति विकास बैंक लि. र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिबीच सहकार्य गर्ने सम्झौता भएको छ ।

बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई त्यस अस्पतालका स्वास्थ्य सम्बन्धि विभिन्न सेवा तथा सुविधाहरुमा विशेष छुटको लागि सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।

सो सम्झौतामा यस बैंकका तर्फबाट बैंकका नायव महाप्रबन्धक शुसिलकुमार शर्मा र अस्पतालका तर्फबाट प्रबन्ध सन्चालक बाबुकाजी कार्कीले हस्ताक्षर गरे ।

यस बैंकका ग्राहकहरुले बैंकको एटीएम कार्ड र बैंकका कर्मचारीहरुले बैंकको परिचय पत्र देखाई यो सुविधाको लाभ लिन सक्नेछन् ।


क्लिकमान्डु