कामना सेवा र यूनियन लाईफबीच बैंकास्योरेन्स सम्झौता



काठमाण्डौ । काठमाडौं-३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको कामना सेवा विकास बैंक लिमिटेड र यूनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच आज बैंकास्योरेन्स सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतासंगै बैंकको व्यवसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभान्वित हुने बैंकले जनाएको छ ।

सम्झौतापत्रमा कामना सेवा बिकास बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र यूनियन लाईफ ईन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लालकर्णले हस्ताक्षर गरे ।

उक्त सम्झौता पश्चात कामना सेवा विकास बैंकका सम्पूर्ण ग्राहकहरुले बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट यूनियन लाईफ ईन्स्योरेन्सको बीमालेख खरिद गर्न सक्ने छन् ।


क्लिकमान्डु