श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको ११ औं शाखा उद्घाटन



काठमाण्डौ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कं. लिमिटेडले आफनो एघारौं शाखा कार्यालय बुढानिलकण्ठ–८, हात्तीगौडामा मसिंर २६ गतेबाट सञ्चालनमा ल्याइएको छ ।

त्यसैगरी ९औ र १०औं शाखा सल्यान जिल्लाको शारदा नगरपालिका–१, श्रीनगर तथारुकुम (पश्चिम) जिल्लाको मुसिकोट नगरपालिका–४, सोलावाङ्गमा समेत शाखा कार्यालय सञ्चालनमा ल्याएइको छ ।

विगत २४ वर्षदेखि डिल्लीबजारमा केन्द्रीय कार्यालय रही वित्तीय सेवा प्रदान गर्दै आइरहेको यस वित्तीय संस्थाले उक्त क्षेत्रका वासिन्दालाई छिटो छरितो रुपमा बैकिङ्ग सेवा प्रदान गर्ने उद्धेश्य राखेको छ ।

हाल यस वित्तीय संस्थाको देशभरीका विभिन्न ११ स्थानबाट बैकिङ्ग सुविधा प्रदान गरिरहेको छ । निकट भविष्यमा काठमाडौं उपत्यका भित्रका अन्य २ स्थानमा समेत शाखा कार्यालय स्थापनाको तयारी भइरहेको संस्थाले जनाएको छ ।

हाल कम्पनीको चुक्ता पूँजी ८१ करोड, निक्षेप ४ अर्व २५ करोड र कर्जा तथा लगानी ४ अर्व ३ करोड रहेको छ ।


क्लिकमान्डु