राष्ट्रिय बाणिज्य बैंकको शाखा सोलुखुम्बुको नेचाविहिबारेमा



काठमाण्डौ । सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँ पालिका वडा न. ३ स्थित राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शाखा कार्यालय नेचाविहिबारेको कारोबार शुभारम्भ गरिएको छ ।

यो समेत बैंकको शाखा कार्यालयको संख्या २०९ पुगेको छ । हाल बैंकको ७४ जिल्लामा २०९ वटा शाखा कार्यालय, १६५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

१ खर्व ७५ अर्व रुपैंया निक्षेप संकलन र १ खर्व २४ अर्व रुपैंया कर्जा लगानी रहेको बैंकद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।


क्लिकमान्डु