बिजुली बजारको नेटवर्क आर्क ब्रिजः म्याद सकियो, काम आधा बाँकी




काठमाडौं । बिजुली बजारमा बन्दै गरेको नेटवर्क आर्क ब्रिजको काम ४ महिनामा २० प्रतिशत मात्र भएको छ । १३ करोड १३ लाख ८५ हजार रुपैयाँको लगानीमा जेई कन्स्ट्रक्सनले निर्माण गर्दै गरेको उक्त पुलको कामको सम्पन्न मिति पुस १३ गतेलाई तोकिएको छ ।

हालसम्म ७ करोड १९ लाख २९ हजार रुपैयाँ बराबर रकम खर्च भइसकेको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रवक्ता विश्व विजय लाल श्रेष्ठले जानकारी दिए ।

काम सम्पन्नको अन्तिम मिति २०७५ सालको पुस महिनालाई तोकिएको भए पनि श्रेष्ठ भने अर्को वर्षसम्ममा पुल निर्माण सम्पन्न हुने बताउछन् ।

‘तल पट्टिको पुलको काम लगभग अन्तिम चरणमा पुगेको छ, अब माथिल्लो पट्टि पुल बनाउन सुरु गरेका छाँै, अर्को वर्षसम्म गाडी गुड्छ, काम तिब्रगतिमै भइरहेको छ,’ श्रेष्ठले भने ।

हालसम्म पुलको कुल ६० प्रतिशत मात्र काम सम्पन्न भएको छ । २०७५ असार महिनामा पुलको कुल निर्माण मध्ये ४० प्रतिशत मात्र काम सम्पन्न भएको थियो ।

पुल निर्माणमा ढिलाईको कारण भने प्रत्येक चोटी एउटै दोहोरीने गरेको छ ।

त्यो हो पुलको डिजाइन । उक्त नेटवर्क आर्क पुल अन्य पुलहरु भन्दा स्पेसल डिजाइनको भएकाले यसको डिजाइन स्वीकृतिमा आउनै बढी समय खर्चिनु परेको श्रेष्ठले बताए ।

उनका अनुसार डिजाइन सम्पन्न हुन कै लागि एकदेखि डेढ वर्ष लागेको थियो ।

‘नयाँ डिजाइनको पुल भएकोले सुरुमा हामीलाई पुलको डिजाइन स्वीकृत पाउनै धेरै समय लाग्यो, अझ त्यसमाथि ढिलो सुरु भएको काममा निर्माण स्थलमा भएको खानेपानी तथा विद्युतीय युटिलिटिको समयमै उचित नहुँदा पुल निर्माण कार्यमा बाधा पर्यो,’ श्रेष्ठले क्लिकमाण्डुसँग भने ।

अहिले बिजुली बजारबाट बबरमहल तर्फ जादा देब्रे तर्फको पुलको निर्माण अन्तिम चरणमा पुगिसकेको छ भने दलाहिने तर्फको पुल निर्माण भर्खर निर्माण सुरु हुने क्रममा रहेको श्रेष्ठले जानकारी दिए ।

दाहिने तर्फको पुल दशै लगतै बनाउन सुरु गरिने भने तापनि पुल निर्माणको काम मंसिरबाट सुरु भएको छ ।


क्लिकमान्डु