नेपालको आर्थिक अवस्थाबारे अन्तर्राष्ट्रिय मुद्रा कोषको चासो, उद्योगी व्यवसायीसँग जानकारी लिए



काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)का प्रतिनिधिले नेपालको विद्यमान आर्थिक अवस्थाबारे चासो दिँदै यहाँस्थित उद्योगी व्यवसायीसँग जानकारी लिएका छन् ।

आइएमएफका प्रतिनिधि र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीबीच आज भएको छलफलमा नेपालको वर्तमान व्यापार, पर्यटन तथा लगानीका विभिन्न अवस्था र आयामबारे जानकारी लिएको चेम्बरले जनाएको छ ।

आइएमएफ, एसिया एण्ड पेसिफिक डिपार्टमेन्टका डेपुटी डिभिजन चिफ जेरार्ड जे अल्मेकिन्डर्सलगायतका प्रतिनिधिमण्डलका सदस्यले नेपालको आर्थिक अवस्थाबारे चासो व्यक्त गर्नुभएको थियो भने चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ र उपाध्यक्ष कमलेशकुमार अग्रवालले नेपालको अर्थतन्त्र तथा आर्थिक विकासबारे प्रकाश पारेका थिए ।


क्लिकमान्डु