राष्ट्र बैंकका गभर्नर भन्छन्ः वाणिज्य बैंकभन्दा लघुवित्तको सेयर मूल्य बढी हुनु राम्रो होइन



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपालले वाणिज्य बैंकको तुलनामा लघुवित्त कम्पनीको सेयर मूल्य बढी हुनु राम्रो नभएको बताएका छन् ।

अर्थसमितिले सेयर बजारको विषयमा गरेको छलफलमा बोल्दै राष्ट्र बैंकका गभर्नर नेपालले पुँजीको आधार बलियो भएका बैंकको सेयर मूल्य कम र कम पुँजी भएको लघुवित्तको सेयर मूल्य बढी भएको टिप्पणी गरे ।

‘लघुवित्तको सेयर मूल्य ३५ सय र वाणिज्य बैंकको डेढ देखि दुई सय सेयर मूल्य छ,जबकी वाणिज्य बैंकको चुक्ता पुँजी ८ अर्बको छ,’ गभर्नर नेपालले भने ।

लघुवित्तको कारोबारको दायरा र व्यवसायको आधारले वाणिज्य बैंक नै राम्रो भएपनि सेयर बजारमा पनि मूल्य कम भएको गभर्नरको भनाई छ ।


क्लिकमान्डु