६८ करोड नगद लाभाँश वितरण गर्ने जनता बैंकको प्रस्ताव

420
Shares

काठमाण्डौ । जनता बैंक नेपाल लिमिटेडको मंसिर २४ गते बसेको सञ्चालक समितीको २६७ औं बैठकले ६८ करोड छैसठ्ठी हजार ८ सय ३ र पच्चीस पैसा नगद लाभाँश वितरण गर्ने प्रस्ताव गरेको छ ।

आर्थिक वर्ष २०७४÷०७५ मा बैंकले प्राप्त गरेको नाफा एक अर्ब २७ लाख ७९ हजार पाँच सय एकाउन्न मात्रको वितरण योग्य मुनाफा ६८ करोड ६० लाख ६२ हजार आठ सय तीन रुपैँया मध्येबाट नगद लाभाँस प्रस्ताव गरिएको हो ।

२०७५ असार मसान्तमा कायम रहेको बैंकको चुक्ता पुँजी ८ अर्ब ७ लाख ८५ हजार ९ सय २५ रुपैयाँको ८.५० प्रतिशतले हुन आउने रकम अक्षरेपी अठसठ्ठी करोड छैसठ्ठी हजार आठ सय तीन रुपैयाँ पच्चीस पैसा नगद लाभाँश वितरण गर्ने प्रस्ताव गरेको जनाइएको छ ।
बैंकले प्रस्ताव गरेको नगद लाभाँश रकम नेपाल राष्ट्र बैंकबाट प्राप्त गरी आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुलाई वितरण गरिने बैंकद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

बैंकले पूर्वमा मेची देखी पश्चिम महाकालीसम्म १२८ वटा शाखाहरुबाट बैकिंग सेवा पु¥याई रहेको छ । चालु आर्थिक वर्षमा काठमाडौं उपत्यकामा सहित १५ वटा शाखा थप सञ्चालनमा ल्याईने योजना रहेको जनाएको छ ।

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा करिव ३२ करोड (एनएफआरएस लेखामान अनुुसार) मुनाफा गर्न सफल रहेको बैंकको करिव ६ लाख भन्दा बढी ग्राहक रहेका छन् । मंसिर २३ गतेसम्म निक्षेप करिब ६७ अर्ब र कर्जा लगानी ६२ अर्ब रहेको बैंकले जनाएको छ ।