मेरो किसान लिमिटेडले आईपीओ निष्काशन गर्ने

98
Shares

काठमाडौं । मेरो किसान लिमिटेडले सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्ने भएको छ ।

आईपीओ निष्काशनको लागि सोमबार प्रभु क्यापिटल लिमिटेड र मेरो किसान लिमिटेडबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

हस्ताक्षर कार्यक्रममा मेरो किसान लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष विष्णुमणी गौतम, प्रबन्ध सञ्चालक अविनाश सिलवाल, सञ्चालक सुनिल थापा, सञ्चालक सन्तोष बस्तेत र प्रभु क्यापिटल लिमिटेडको तर्फबाट प्रबन्ध सञ्चालक आशिष गौचन, प्रमुख व्यापार अधिकृत बासु थपलिया र विशिष्टिकृत लगानी कोष प्रमुख सुदिप हरी ढुंगानाको उपस्थिति रहेको थियो ।

नेपालको कृषि उत्पादनको लागि आवश्यक पर्ने बीउदेखि उत्पादित कृषि उपजहरु उपभोक्ताको स्थानसम्म आपूर्र्ति गर्नको लागि आवश्यक कार्यलाई प्रविधि मार्फत विस्तार गर्ने योजनाका साथ स्थापना भएको कम्पनी मेरो किसान लिमिटेडमा विभिन्न क्षेत्रमा विशिष्टीकृत व्यक्तिहरुको संलग्नता छ ।