कोहलपुरमा गण्डकी विकास बैंकको नयाँ शाखा



काठमाण्डौ । गण्डकी विकास बैंकले बाँकेको कोहलपुरमा नयाँ शाखाको उद्घाटन गरेको छ ।

कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले एक समारोहका बीच सो शाखाको उद्घाटन गरेका हुन् । सो अवसरमा मन्तव्य व्यक्त गर्दै गण्डकी विकास बैंकलाई कोहलपुरमा स्वागत गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताए ।

बैंकका सञ्चालक कृष्णबहादुर थापाक्षेत्रीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाल राष्ट्र बैंक नेपालगञ्ज शाखाका उपनिर्देशक नारायणप्रसाद पोख्रेल, कोहलपुर नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष कर्णबहादुर थापा र उद्योग वाणिज्य संघ कोहलपुरका अध्यक्ष चक्र अधिकारीले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा बैंकले प्रदान गर्ने सेवा सुविधा एवं बैंकको गतिविधिका बारेमा बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले जानकारी गराएका थिए ।

बैंकले केन्द्रीय कार्यालयका साथै देशका विभिन्न ठाउँहरुमा गरी ७७ वटा शाखा कार्यालयबाट बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।


क्लिकमान्डु