स्याङ्जा र पाल्पामा ज्योतिको नयाँ शाखा



काठमाण्डौ । ज्योति विकास बैंक लि.ले स्याङ्जाको वालिङ र पाल्पाको तानसेनमा नयाँ शाखा संचालनमा ल्याएको छ ।

तानसेन नगरपालिका वडा नं ४, तानसेन, पाल्पामा रहेको नयाँ शाखा तानसेन नगरपालिका मेयर अशोककुमार शाही तथा बैंकका संचालक नारायणप्रसाद पौड्यालद्वारा एक कार्यक्रमका बिच मंसिर २३ गतेकासंयुक्त रुपमा उद्घाटन गरियो ।

त्यसैगरी आजै वालिङ नगरपालिका वडा नं ८, वालिङ, स्याङ्जामा मा रहेको नयाँ शाखाको वालिङ नगरपालिकाका मेयर दिलीपप्रताप खाँण तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काद्वारा संयुक्त रुपमा उद्घाटन गरिएको छ ।

हाल बैंकले ८१ वटा शाखा कार्यालय तथा २२ वटा एटीएम मार्पmत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्ष भित्र थप ९ वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटीएम संचालनमा ल्याउने प्रक्रियामा रहेको जनाइएको छ ।

हालसम्म बैंकले १ लाख ५२ हजारभन्दा बढि खाताबाट २३ अर्बभन्दा बढि निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत१८.५० अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ ।

बैंकको हालको चुक्तापूँजी २ अर्व ५९ करोड कायम रहेको छ । यस बैकले हाम्रो बिकाश बैकलाइ प्राप्ति गरी एकिकृत कारोबार चाँडैनै सुरुवात गर्ने तयारीमा रहेको छ र बैंकको चुक्ता पूँजी ३ अरब १० करोड पुग्ने जनाइएको छ ।


क्लिकमान्डु