ओखलढुङ्गाको कुन्तादेवी पसलडाँडामा एनआईसीकोे शाखारहित बैंकिङ सेवा



काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले ओखलढुङ्गा जिल्लाको मोलुङ गाउँपालिका वडा नं. १ कुन्तादेवी पसलडाँँडामा विसौं शाखारहित बैंकिङ्ग सेवा मंसिर २१ गतेबाट संचालनमा ल्याएको छ ।

उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन साँसद यज्ञराज सुनुवारले गरे ।शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा संजय खत्रीलाई नियुक्त गरिएको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्ने छन् ।

साथै सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि स्थानीय बासिन्दाहरुलाई लामो दुरीसम्म हिड्नु पर्ने बाध्यताको अन्त्य गरी ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ ।


क्लिकमान्डु