धरान र जितपुरमा कैलाश विकास बैंकको शाखा बिस्तार



काठमाण्डौं । कैलाश विकास बैंक लिमिटेडले सुनसरी जिल्लाको धरान र कपिलवस्तु जिल्लाको ४ नं. जितपुरमा नयाँ शाखा स्थापना गरी मंसिर २१ गते शुक्रबारदेखि कारोवार शुभारम्भ गरेको छ ।

धरान शाखाको शुभारम्भ प्रदेश नं १ का अर्थिक मामला तथा योजना मत्री माननिय इन्द्रबहादुर आङ्वोबाट र कपिलवस्तुको ४ नं. जितपुर शाखाको शुभारम्भ प्रदेश नं ५ कासांसद बिष्णुप्रसाद पन्थीबाट गरिएको बैकका प्रमुख कार्याकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए ।

यी दुई नयाँ शाखा सहित बैंकको शाखा संख्या ७६ पुगेका छन् भने एटिएम संख्या २८ पुगेका छन् ।

बैंकले निकट भविष्यमा धनुसा जिल्लाको शखुवा महेन्द्रनगर, रौतहट जिल्लाको गौशाला, सिराहा जिल्लाको सिराहाबजार, पर्सा जिल्लाको पोेखरिया सुनसरी जिल्लाको देवानगञ्ज तथा अन्य विभिन्न ठांउहरुमा शाखा संचालन गर्ने तयारी गरिरहेको जनाइएको छ ।

राष्ट्रिय स्तरको यस विकास बैंकको चुक्तापूँजी २ अर्व ५२ करोड रहेको छ । यस संस्थाले हाल सम्म २४ अर्व ५२ करोड निक्षेप संकलन गरी २२ अर्ब ४१ करोड कर्जा प्रवाह गरेको जनाएको छ ।


क्लिकमान्डु