नेपाल बैंकर्स सङ्घमा तीन सदस्य थप



काठमाडौँ । नेपाल बैंकर्स सङ्घको कार्यसमितिमा थप तीन जना निर्वाचित भएका छन् ।

नयाँ निर्वाचित भएका सदस्यमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेल र माछापुच्छे« बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा हुन् ।

सङ्घको ११ सदस्यीय कार्यसमितिमध्ये बिहीबार सम्पन्न ३२ औँ साधारणसभाले तीन सदस्य थप गरेको आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


क्लिकमान्डु