मकवानपुर र चितवनमा माछापुच्छ्रे बैंकको ३ नयाँ शाखा



काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले ३ शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ ।

बैंकले मिति मंसिर २१ गते मकवानपुरको हेटौंडा उप–महानगरपालिका स्थित हेटौंडा शाखा कार्यालय, चितवनको इच्छाकामना गाउँपालिका स्थित इच्छाकामना शाखा कार्यालय र चितवनकै कालिका नगरपालिका स्थित कालिका शाखा कार्यालयको औपचारिक रुपले सुरुवात गरेको छ ।

हेटौंडा शाखा कार्यालयको उद्घाटन बैंकका सञ्चालक जयमुकुन्द खनाल र हेटौंडा उप–महानगरपालिकाका मेयर हरिबहादुर महतले संयुक्त रुपले गरे ।

त्यसैगरी इच्छाकामना शाखा कार्यालयको उद्घाटन बैंकका सञ्चालक राममान श्रेष्ठ र इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष कृतिकुमार श्रेष्ठ ज्यूले संयुक्त रुपले गरे ।

कालिका शाखा कार्यालयको उद्घाटन बैंकका सञ्चालक गोपीकृष्ण न्यौपाने र कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठ ज्यूले संयुक्त रुपले गरे ।

नयाँ शाखा मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । आश्विन मसान्तसम्म ७७ अर्व निक्षेप परिचालन गरी ७१ अर्व कर्जा प्रवाह गरेको छ भने सोही अबधिमा ३७ करोड खुद मुनाफा गरेको बैंकले जनाएको छ ।


क्लिकमान्डु