मंसिर २१ देखि २३ सम्म एमजी एक्सचेन्ज अफर



काठमाडौं । नेपालमा एमजी (मोरिस ग्यारेज)को आधिकारिक बितरक, पारामाउन्ट मोर्टसले एमजी कार प्रेमीहरुका लागि यहि मंसिर २१ गतेदेखि मंसिर २३ गतेसम्म नेपाल अधिराज्यभर “ एमजी एक्सचेन्ज अफर” आरम्भ गरेको छ ।

“कम एंड अपग्रेड टु अ बेटर ड्राइभिंग एक्सपीरियंस” भन्ने ट्यागलाईनका साथ अटोमोबाइल ग्राहकहरुलाई ध्यानमा राखेर आयोजना गरिएको यो कार्निभलमा पुरानो कार प्रयोगकर्ताहरुले एमजीको नयाँ कारका साथमा एक्सचेन्ज गर्न सक्ने छन् ।

एमजीका हरेक मोडलहरुमा एक्सचेन्ज उपलब्ध रहेको छ । अभियानले ग्राहकलाई एक्स्चेन्ज बोनस अफर, २ बर्षसम्मको लागी फ्रि सर्भिसिङ्ग, आकर्षक छुट (डिस्काउन्ट) लगायत सेवा उपलब्ध गराएको छ ।

एमजी एक्सचेन्ज अफरले ग्राहकहरुलाई एक्सचेन्जको माध्यमबाट नयाँ पुस्ताका कारहरुको बारेमा जानकारी दिनुका साथै उत्कृष्ट ड्राइभिङको आनन्द प्रदान गर्ने बारेमा जानकारी प्रदान गर्ने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु