नेपाल मर्चेण्ट बैंकर्स संघमा नयाँ कार्यसमिति, अध्यक्षमा तिमल्सिना



काठमाण्डौ । नेपाल मर्चेण्ट बैंकर्स संघको नवौं वार्षिक साधारण सभा नारायणचौर, नक्साल, काठमाण्डौमा सम्पन्न भएको छ ।

साधारणसभाबाट आव २०७४\०७५ को लेखापरिक्षण भएको आय–व्यय विवरण र लेखापरिक्षक नियुक्ति लगायत आव २०७५\०७६ को योजना कार्यक्रमहरु र वार्षिक वजेट पारित गरिएको छ ।

उक्त नवौ वार्षिक साधारण सभाबाट ७ सदस्यीय नयाँ कार्यसमिति समेत निर्विरोध निर्वाचित गरिएको छ ।

अध्यक्षमा सिद्धार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमिल्सिना, उपाध्यक्षमा एनआइविएलएस क्यापिटल लिमिटेडका महाप्रवन्धक मेघबहादुर थापा, महासचिवमा सनराइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र कोषाध्यक्षमा ग्लोवल आइएमइ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकाल निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा कृति क्यापिटल लिमिटेडका प्रवन्ध निर्देशक दिपेश कुमार वैद्य, नविल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडका प्रमुख कार्यकारी अधिकृतसविर वादे श्रेष्ठ र आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डा. रमेशकुमार भण्डारी निर्विरोध निर्वाचित भएका छन् ।

साधारण सभाबाट संघको विधान संशोधन गरी पूँजीबजारमा कार्यरत अन्य संघ संस्थाहरुलाई एशोसियट सदस्यको रुपमा संघमा आवद्ध हुने मार्ग प्रशस्त गरिएको छ ।

साधारण सभाबाट पूँजीबजारको विकासमा अग्रसर हुने तथा यसलाई व्यवस्थित र मर्यादित बनाउने विभिन्न कार्यक्रमका साथै संघ मर्चेन्ट बैकिङ्ग सम्वन्धी एशीयाली राष्ट्रहरुको संगठन एशियन सेक्युरीटीज फोरममा आवद्ध हुन प्रकृया अगाडि वढाउने कार्यक्रम समेत पारित गरिएको संघद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।


क्लिकमान्डु