सेञ्चुरी बैंकले मुद्दती खातामा १३% सम्म ब्याज दिने



काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले व्यक्तिगत ग्राहकहरुलाई उच्च ब्याजदर सहितको मुद्दती निक्षेप योजना सञ्चालनमा ल्याएको छ ।

बैंकले ६ महिना देखि २ वर्ष सम्मको विशेष मुद्दती खाताको लागि वार्षिक ब्याजदर १३% र १ महिना देखि २ वर्ष सम्मको साधारण मुद्दती खाताको लागि वार्षिक ब्याजदर १२% प्रदान गर्ने गरि दुई नयां योजना ल्याएको छ ।

विशेष मुद्दती खातामा बैंकले मासिक रुपमा ब्याज भुक्तानी गर्ने जनाएको छ ।


क्लिकमान्डु